भारतीय मिडियामा हसिनाको अन्तर्वार्ता, ढाकाद्वारा भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण माग

ढाका । बंगलादेशको विदेश मन्त्रालयले पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतीय मिडियामा आएको अन्तर्वार्तालाई लिएर ढाकास्थित भारतीय उपउच्चायुक्त पवन बदेहलाई स्पष्टीकरणका लागि बोलाएको छ । बीबीसी बंगला सेवाका अनुसार बंगलादेशले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको हो । बंगलादेशमा आफ्नो सरकार ढलेपछि शेख हसिना हाल भारतमा बसिरहेकी छन् । बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसले बुधबार साँझ एक…