काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको भेटका क्रममा महानिरीक्षक खापुङले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका थिए । महानिरीक्षक खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ सिंहदरबार पुगेका थिए । प्रधानमन्त्री कार्कीले खापुङको आगामी जीवनका लागि…