काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले बढ्दै २१ सयको विन्दुमा उक्लिएको छ । अघिल्लो दिन साढे १० अंकले घटेर २ हजार ८५.८२ अंकमा झरेको नेप्से सूचक दोस्रो दिन पुनः १५.३३ अंकले बढ्दै २१ सय १.१६ अंकमा उक्लिएको हो । तथापि, अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार…