काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अदालतले सोही प्रकरणमा संलग्न अर्का एक जनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ । जिल्ला अदालत धुलिखेलमा शुक्रबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले…