बीपीका उपकुलपतिको कार्यालयमा लागेको ताला खुल्यो

काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा माघ १ गतेदेखि लागेको ताला खुलेको छ । उपकुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ताला लगाएका थिए । उच्च अदालत विराटनगरको आदेशपछि उनले शुक्रबार आफ्नो सचिवालयका कर्मचारीलाई खटाएर ताला खोलेका हुन् । तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै…