राष्ट्रपति पौडेलसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरे । साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो…