चितवन । चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बिहीबार भएको डुंगा दौड प्रतियोगितामा खैरहनी नगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । चितवनका सातवटा स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्वितीय र माडी नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए । सौराहास्थित…