सुन तस्करी प्रकरण : गुरुङ १५ लाख धरौटीमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ १५ लाख धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । नन्दबहादुर पुन उपराष्ट्रपति हुँदा गुरुङ वैदेशिक मामिला सल्लाहकार थिए ।…