काठमाडौँ । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदैछ । कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गठबन्धनका शीर्ष नेताहरूसमझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ । कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ । त्यसबारे आवश्यक थप छलफल गरी टुङ्ग्याउने तयारी रहेको…