काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेर कठिन जित हात पार्दै फाइनल पुग्ने अंक गणीतिय सम्भावना कायम राखेको छ । सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै…