गोरखा । मानसिक स्वास्थ्य समस्याको उपचारको अभावमा गोरखा नगरपालिका ५ नाङ्लेपानीका ४२ वर्षका मंगलबाबु सिर्मल झण्डै २० वर्षदेखि आफ्नै घरभित्र बन्धक जीवन बिताइरहेका छन् । दुई भाइ छोरामध्ये जेठो मंगललाई कहिलेदेखि मानसिक समस्या देखिन थाल्यो भन्ने ७३ वर्षकी आमा फिस्टी सिर्मललाई यकिन छैन तर उपचारमै देशका विभिन्न अस्पताल धाउन थालेको मात्रै २० वर्षभन्दा बढी समय…