नयाँ दिल्ली । भारतमा जारी १३औं संस्करणको आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम चारका लागि स्थान पक्का गर्दा चौथो स्थानमा न्युजिल्याण्डले स्थान बनाएको छ । यसअघि नै न्यूजिल्याण्ड अन्तिम चार नजिक पुगे पनि पाकिस्तान इंग्ल्याण्डसग पराजित हुदा मात्रै न्यूजिल्याण्डको स्थान पक्का भएको हो ।…