शुक्रबारसम्म ६ लाखभन्दा बढिले छोडे उपत्यका, सुनसान बन्दै काठमाडौं

काठमाडौं । बडादशैंका अवसरमा काठमाडौं उपत्यका छोडेर घर जानेहरुको संख्या ६ लाख बढि पुगेको छ । शुक्रबारसम्म ६ लाख बढिले काठमाडौं उपत्यका छोडेको बताइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार शुक्रबार मात्रै एक लाखभन्दा बढि काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले शुक्रबारसम्म ६ लाखभन्दा धेरै बाहिरिएको बताए ।…