डेनमार्ककी रानी मार्गरेथ द्वितीयले राजगद्दी त्याग्ने घोषणा गरेकी छन् । प्रत्यक्ष टेलिभिजन प्रसारणमार्फत उनले अचानक नयाँ उत्तराधिकारी पनि घोषणा गरिन् । ५२ वर्षदेखि राज्य प्रमुख बनेकी डेनमार्ककी रानी मार्गरेथले टेलिभिजनमा सम्बोधन गर्दै जनवरी १४ मा राजगद्दी त्याग्ने घोषणा गरेकी हुन् । आफ्नो जिम्मेवारी अर्को पिंढीलाई हस्तान्तरण गर्ने समय आएको बताउँदै उनले जेठा छोरा युवराज फ्रेडरिक…