लुम्बिनी । “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौंतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो,” बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाए । उनी छोरीसँगै काठमाडौं जान बुधबार दिउँसो साढे २ बजे महेन्द्रनगरबाट छुटेको गाडी चढेका थिए । सुनौलो महाकाली यातायातको…