एसीसी प्रिमियर कप क्रिकेटकाे खेल तालिका सार्वजनिक

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार नेपालमा हुने एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको हो । १० टिम रहेको प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा एकदिवसीय मान्यताप्राप्त ओमानसँगै कतार, मलेसिया र साउदी अरब रहेका छन् ।…