क्यारेबियन क्षेत्रमा आएको शक्तिशाली आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ३० नाघ्यो

काठमाडौं । क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ । अहिलेसम्म जमैका, हैटी र डोमिनिकन गणतन्त्रमा गरी ३० जना भन्दा धेरैको ज्यान गएको पुष्टि भएको खबरमा उल्लेख छ । हैटीमा, पेटिट–ग्वाभे…