तनहुँ । राष्ट्रपति भएपछि पहिलो पटक राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला जाँदैछन् । राष्ट्रपतिमा निर्वाचित भएको करिब साढे छ महिनापछि राष्ट्रपति पौडेल व्यास नगरपालिका ३ दमौलीस्थित दमौली सभा हलको उद्घाटन गर्न तनहुँको दमौली आउन लागेका हुन् । बिहान तनहुँको भानु नगरपालिका–१३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति पौडेलले सदरमुकाम…