युरोकप छनौटमा अपराजित रह्यो पोर्चुगल

काठमाडौं । युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह जे को छनौटको अन्तिम खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नानडेज र रिकार्डो होर्टाले एक एक गोल गरेका थिए । योसँगै पोर्चुगलले युरोकप छनौटका सबै १० खेलमा जित हासिल गरेको छ । १० खेलमा ३०…