प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएका छन् । आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले धुलाबारीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरोकारवालसँग बसेर छलफल नगरी विद्येयक ल्याउँदा यस्तो समस्या भएको बताए । महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको…