सुरू भयाे ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन

काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ । विभागका अनुसार हिजाे सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन ।  गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजाेबाट आवेदन दिन सुरू गरेका हुन् ।