एसिसि एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । हिजो कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टोली श्रीलंकालाइ १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । भारतले पछिल्लो पटक २०१८ मा एसिया कप जितेको थियो । एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो । श्रीलंकाले दिएको ५१ रनको लक्ष्य…