जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो । घटना बिहीबार राति १० बजेको हो । महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार…