नयाँदिल्ली । त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् । भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४:३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ । प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त…