साँघुरो र जीर्ण सडकले मकवानपुरमा दुर्घटनाको जोखिम बढ्दो

मनहरी । मकवानपुरमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको छ । साँघुरो बाटो र जीर्ण सडकका कारण अधिकांश दुर्घटना हुने गरेको यातयात व्यवसायीको भनाइ छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा मात्रै मकवानपुरका सडकखण्डमा तीन सय ६३ सवारी दुर्घटना भएका छन् । गत वर्ष जिल्लामा सवारी दुर्घटनाबाट ६१ ज्नाले ज्यान गुमाएका छन् ।…