काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुमति दिएका हुन् । सिआइबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा…