काठमाडौं । मिटरब्याज पीडितहरुले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँ बानेश्वरमा उनीहरुले प्रदर्शन गरेका छन् । संसद भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरुमाथि प्रहरीले बल प्रयोग गरेर केही घाइते भएकाे पीडितहरुले बताएका छन् । बानेश्वरमा भएको मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका थिए ।…