काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचारमा ५५ लाख २ हजार २७९ रुपैयाँ खर्च भएको रकम निकासा गरिदिनका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । २०८० वैशाख ६ गतेदेखि वैशाख १७ गतेसम्म पौडेलको दिल्लीमा भएको उपचार खर्च तथा श्री एयरलाइन्सको चार्टर्ड एयर एम्बुलेन्सको उडानमा समेत गरी ५५ लाख ४ हजार ६५४ रुपैयाँ…