काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन्। उपनिर्वाचन तयारीका लागि चितवन आएका अर्यालले सोमबार पत्रकारहरूसँग कुरा गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताए। सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै उनले सरकारमा जान आतुर भने नभएको बताए ।‘सरकारमा जान हतारभन्दा पनि यो समयको…