काठमाडौं । बर्दिया कारागारबाट पहिलोपटक कैद सजाय फैसला भएपछि अदालत परिसरबाटै भागेका बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का टोपे भनिने अजीव बुढाक्षेत्री गत आइतबार बिहान कारागारको पर्खाल नाघेर फेरि भागेका छन् । हत्या अभियोगमा २०७२ फागुन ५ गते बर्दिया जिल्ला अदालतले उनलाई १९ वर्ष ११ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनी ०७२ फागुन…