काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अझै केही दिन अस्पतालमै रहने भएका छन् । काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार जारी छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य हुँदै गए पनि चिकित्सकले अझै एक/दुई दिन अस्पतालमै राख्नुपर्ने सल्लाह दिएको उनको निजी सचिवालयले जनाएको छ । यही असार ५ गते उनको मुटुमा पेसमेकर राखिएको…