काठमाडौं । कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराउँदै एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा सुखद अन्त्य गरेको छ । बुधबार पी सारा ओभलमा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा भुर्तेल चम्किएपछि यूएईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि…