जनकपुरधाम । मिटरब्याजबाट पीडितहरूले मधेस प्रदेश राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् । बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा आज मिटरब्याजबाट पीडितले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका हुन् । विभिन्न प्रलोभन देखाएर महिलाहरूको समूह गठन गरेर आर्थिक शोषण गर्दै आएको भन्दै मिटरब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा पीडितहरूले प्रदर्शन…