काठमाडौं । काठमाडौंको थापाथली क्याम्पसमा अध्ययनरत इन्जिनियरिङका विद्यार्थीहरुले हातको इशारालाई शब्द र वाक्यमा रुपान्तरण गरी आवाज निकाल्ने उपकरण बनाएका छन् । बोल्न नसक्ने व्यक्तिहरुका लागि विभिन्न देशमा यस प्रकारका उपकरणहरु प्रयोगमा भैरहेका भएपनि ती उपकरण महंगो भएकाले सस्तो मूल्यमा नेपालमै उत्पादन गर्ने लक्ष्य सहित विद्यार्थीहरु युनिभर्सल ह्यान्ड जेस्चर डिकोर नामको उपकरण बनाएका हुन् । थापाथली…