वीरेन्द्रनगरले ल्यायो ३ अर्ब २ करोड ६१ लाखको बजेट

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय ६७ रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको १३ औं नगरसभामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले उक्त बजेट पेस गरेका हुन् । नगरपालिकाको कुल बजेटमा ४० करोड ४३ लाख ९ हजार आन्तरिक आय हुने अनुमान गरिएको छ ।…