ए डिभिजन लिग : आर्मीलाई हराउँदै जावलाखेल दाेस्राे स्थानमा उक्लियाे

काठमाडौं । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोलले हरायो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोबीले गरे । याे जितसँगै जावलाखेल युथ क्लब अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । जावलाखेलकाे २३ खेलमा ३७ अङ्क छ ।…