काठमाडौं । किर्गिस्तानलाई सोझो सेटमा हराउँदै काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पाहुना टोली किर्गिस्तानलाई २५-११, २५-१९ र २५-११को सोझो सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेटमा अग्रता कायम गर्दै जितेको नेपालले तेस्रो सेटमा नेपाल किर्गिस्तानसँग ६-४ ले पछि परेको थियो । तर खेलमा पुनरागमन गर्दै नेपालले…