यूएसआईडीकी प्रमुख सामन्था काठमाडौं आइपुगिन्

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट यो दोस्रो उच्चस्तरीय भ्रमण भएको हो । अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेको एकसाता नपुग्दै पावर काठमाडौं आइपुगेकी हुन् । काठमाडौं उत्रिएलगत्तै पावर भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालय पुगेकी छन् ।…