काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नुवाकोट–२ बाट नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी र चितवन–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका…