काठमाडौं । अहिले देशभर मौसमी बदली रहनुका साथै काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण…