काठमाडौं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका छन् । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न…