भारत राज्य विधान सभा निर्वाचनः गुजरातमा बीजेपी कीर्तिमानी जिततर्फ, हिमाचलमा कांग्रेस बहुमततर्फ

नयाँदिल्ली(भारत) । भारतका गुजरात र हिमाचल प्रदेश भएको विधानसभाको चुनावको परिणाम आइरहेको छ । बिहीबार आइरहेको परिणामअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतीय जनता पार्टीले कीर्तिमानी बहुमत ल्याउने देखिएको छ । गुजारत विधानसभाका १ सय ८२ सिटमध्ये जारी मतगणना अनुसार भाजपाले १ सय ५६ सिटमा अग्रता बनाएको छ । यहाँ भारतीय कांग्रेसले १७ सिटमा…