काठमाडौं । शहीद स्मारक लिग 'ए' डिभिजन फुटबलमा आज साेमवार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लब विजयी भएका छन् । ललितपुरको च्यासलमा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हरायो । एपीएफका लागि एडम डोम्बिया र सबिन गुरुङले गरे । यो जितसँगै एपीएफ १० अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएको छ…