काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय जलेश्वरबाट सुब्बा र एक लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । आयोगको टोलीले सेवाग्राहीबाट घुसबापत लिइएको नगद ९ हजारसहित नायब सुब्बा रामकृष्ण पण्डित र सुवास भू सेवा केन्द्रका लेखापढी व्यवसायी सुवास चन्द्रलाल कर्णलाई पक्राउ गरेको हो । आयोगको कार्यालय बर्दिबासका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूले जग्गाको नामसारी गराइदिने भन्दै…