सप्तरी । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ । नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आज शनिवार हुने साधारण सभामा सहभागी हुन शुक्रबार सर्लाही पुगेका वरिष्ठ पत्रकार भट्टराई सुतेको कोठाभित्रै मृत अवस्थामा भेटिएका हुन् । सर्लाहीको लालबन्दीदेखि ८ किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने…