प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको भेटवार्ता

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार सेनाध्यक्ष पाण्डे नेतृत्वको भारतीय टोलीले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ । जनरल पाण्डेले आज बिहान माउण्टेन फ्लाइट गरेका थिए। त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा…