काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिज ट्रस बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रुपमा निर्वाचित भएकोमा बधाई दिएका छन् । सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई दिएका हुन् । ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा म लिज ट्रसलाई हार्दिक बधाई दिन चाहन्छु जसले उनलाई बेलायतको प्रधानमन्त्री बनाउनेछ,’ प्रधानमन्त्री…