काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समिति तथा उक्त समितिमा रहेका सांसदहरू माथि नै निष्पक्षताको प्रश्न उठाएका छन्। बिहीबार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा जबराले आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको भन्दै निष्पक्षताको प्रश्न उठाएका हुन्। जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर प्रश्नसमेत…