काठमाडौं । साउथह्याम्पटनसंग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलकाे नयाँ सिजनमा पहिलो हार बेहोरेको छ । घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक-एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले २३औं मिनेटमा गरेकाे गाेलमा अग्रता लिएका थिए । जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा…