काठमाडौं । मेलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बिहिबार साँझ काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री इस्माइलले आज (शुक्रबार) सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका हुन् । मलेसियाका गृहमन्त्री इस्माइलले आजै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका थिए । मलेसियाका गृहमन्त्री इस्माइल र श्रम…